काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले संसदीय दलको बैठकमा सहभागी हुने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी हुने भुसालको भनाइ छ ।
बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे नयाँ बानेश्वस्थित संसद् भवनस्थित लोत्से हलमा बस्ने छ ।
संसद् पुनःस्थापना भएपछिको पहिलो बैठक भएकाले संसदीय दलमा सबैको उपस्थिति आवश्यक रहेको भुसालको भनाइ छ ।
एमालेको नेपाल पक्षीय २३ जना सांसद्को समर्थनसहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका छन् ।