उपत्यकाको निषेधाज्ञा १० दिन लम्बाइयो, काठमाडौं आउन अब पास नचाहिने [आदेशसहित]

537

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।

बिहीबार तीनै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

यस्तै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...