माधव नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ

305

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ कोटेश्वर पुगेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार बिहान नेता नेपाल निवास पुगेका हुन् ।

महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला नेता नेपाललाई भेट्नका लागि पहिला कोटेश्वर पुगेका थिए ।

विप्लवले यसअघि बुधबार माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनसम्बन्धी छलफल भएको विप्लवको सचिवलयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...