काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो २ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्ने प्रचलन छ । असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद् बैठक बोलाउन आदेश जारी गरेको थियो ।
मंगलबार प्रधानमन्त्री देउवासँगै ४ जना मन्त्री नियुक्त भएका थिए ।