देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

277

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

देउवाले बिहीबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन पदाधिकारी र पूर्वपदाधिकारीलाई खबर गरिएको छ ।

बैठकमा नयाँ सरकारका प्राथमिकता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...