सर्वोच्चले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो : ओली

458

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले राजनीतिक दल र नेताको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार अदालतले खोसेको आरोप पनि लगाए ।

“अदालतले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो । नेताको, सरकारको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहीँ नभएको जात्रा भयो,” उनले भने ।

एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । “यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेर बहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीतल निवास पुग्नुअघि उनी नै पुगे,” ओलीले भने ।

नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले घोषणा गरे ।

Share This:
सम्बन्धित खबर
Loading...