बजेटबारे विज्ञहरुसँग सल्लाह गर्छौँ : गृहमन्त्री खाँड

260

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खाँडले पहिलाको सरकारले ल्याइसकेको बजेटलाई के गर्नेबारे विज्ञहरुसँग सल्लाह गर्ने बताएका छन् ।

“बजेट पनि संसदमै आउनुपर्छ भन्ने हाम्रो धारणा थियो, चाहना थियो । बजेट अहिले अघि बढिसकेको छ । त्यसमा हामीले विज्ञ र प्रशासकसँग सल्लाह गर्छौँ । छलफल गरेर के गर्ने हो, सीमा के छ, कानुनी प्रक्रिया के छ, संवैधानिक प्रक्रिया के छ त्यसलाई ध्यानमा राखेर निर्णय गर्छौँ,” उनले भने ।

कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भन्दै यसका लागि विशेष प्रबन्ध गर्ने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...