देउवासँग छलफल गरेपछि माओवादी केन्द्रले मन्त्रीे टुंगो लगाउने

435

काठमाडौं । माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छलफल गर्ने छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,“पहिला त अध्यक्ष कमरेडले शर बहादुर देउवाजीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीका आधारमा हामीले आवश्यक निर्णय गर्छौँ ।”

नामको बारेमा आज छलफल नै नभएको प्रवक्ता श्रेष्ठको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...