काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालसहित उनी पक्षका नेताहरु सहभागी हुने बताइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।
नेपाल समूह अनुपस्थित रहेपछि सोमबार साँझ बसेको बैठकलाई औपचारिकता प्रदान गरिएको थिएन ।