संसद् पुनःस्थापना गर्ने फैसलाले जनतको जित भयो : सभामुख सापकोटा

413

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने फैसलाले जनतको जित भएको बताए । उनले संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथ अदालतको फैसला परेको जिकिर गरे । फैसलाले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको सभामुख सापकोटाको भनाइ छ ।

उनले नयाँ अध्यायको सुरुवात भएको बताउँदै दलहरुले विगतको समीक्षा गर्दै सांसद्लाई प्रभावकारीरुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृंखलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरे । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए ।

सभामुख सापकोटाले अब आफ्नो भूमिका र दायित्व पनि बढेको बताए । आफूले संसद्को गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...