सर्वोच्चको फैसलासँगै ओली अराजकताको अन्त्य : किराँती

610

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का युवानेता मिलनकान्छा किराँतीले सर्वोच्चले संसद् पुनः स्थापना गरेसँगै ओली अराजकताको दादागिरीको अन्त्य भएको बत्ताएका छन् ।

उनले भने, “यो एतिहासिक निर्णयको लागि सर्वोच्चलाई सलाम छ । न्यायालयले संसद् पुनःस्थापना गरेर ओली अराजकताको दादागिरीको अन्त्यमात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा गर्दै सिंगो मुलुक दुर्घटनाबाट बचाएको छ । आज तीन करोड नेपालीको जित भएको छ ।”

उनले थपे, “सर्वोच्चको यो निर्णयसँगै केही पुरातन सडेगलेका सामन्ती विचारका केही थान मुटुहरुको चाल ठीक ठाउँमा छैन । उहाँहरुलाई स्वास्थ्यलाभको कामना छ । किनकी, यतिखेर प्रतिगमन मात्रै परास्त भएको छैन । टाउको उठाउन दुष्साहस गरेको प्रतिक्रान्ति पनि ध्वास्त भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...