सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गर्‍यो : नारायणकाजी श्रेष्ठ

285

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षका लागि सर्वोच्च अदालतको फैसला महत्वपूर्ण भएको टिप्पणी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई ४८ घन्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोमबार सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।

“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ,” श्रेष्ठले फेसबुकमा लेखेका छन्, “यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”

Share This:
सम्बन्धित खबर
Loading...