काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।
जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एकमात्र डोज लगाए पुग्ने विज्ञहश्रले बताएका छ ।