काठमाडौं । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै इटालीले सन् १९७६ पछि पहिलोपटक युरोकपको उपाधि हात पारेको हो ।
निर्धारित ९० मिनेटको समयमा १-१को बराबरी र थप गरिएको ३० मिनेटमा गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकर इटाली ३-२ले विजयी भयो ।
इंग्ल्यान्डका तीन खेलाडीले गोल गर्न सकेन । मर्कूस रासफोर्डको प्रहार बाहिरिएको थियो भने बाँकी जादोन सान्चो र बुकायो साकाको प्रहार भने इटालीका गोलरक्षकले बचाएका थिए । कप्तान हेरी केन र हेरी मेगुइरे गोल गरेका थिए ।
इटालीका जोर्गिनहो र एन्ड्रिया बेलोटीको प्रहारलाई इंग्ल्यान्डका गोलकिपरले बचाएका थिए ।
इंग्ल्यान्डले पहिलो हाफको दोस्रो मिनेटमा नै लुक शाको गोलमा अग्रता लिएको थियो । १४औँ मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।
खेलको ३५औँ मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दै थोरैले बाहिरियो ।
पहिलो हाफमा १०ले पछि परेको इटाली दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कियो । ६७औँ मिनेटमा बोनुचीको गोलको मद्धतमा इटालीले खेल बराबरी पुर्यायो ।