एमालेको स्थायी कमिटी स्थगित

324

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भोलि (२८ गते)सम्मका लागि स्थगि भएको एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

एमाले विवाद समाधानका लागि कार्यादलको बैठक सिंहदरबारमा जारी रहेकै बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागेको थियो ।

एमाले स्थायी कमिटी बैठकले कार्यदलले तयार पारेको सहमतिको दस्तावेज सार्वजनिक गर्ने बताइए पनि बैठक स्थगित भएपछि यो कार्यक्रम पनि स्थगित हुने देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...