‘मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक’ भन्दै एमालेनिकट अनेरास्ववियूको प्रदर्शन

445

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको वातावरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो ।

संवैधानिक सर्वोच्चता , दलीय व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नारावाजी गरेका थिए ।

त्यस्तै, उनीहरुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बन्नुपर्ने र ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

निर्दलीयताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गर्दै प्रदर्शन गरिएको अनेरास्ववियूका अध्यक्ष ऐन महरले जानकारी दिए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको बताए ।

उनले लोकतन्त्र र संविधानमाथि हमला भइरहेको सबै जनतालाई सचेत गराउनुपर्ने धारणा राखे । निर्दलीय गठबन्धनले मुलुकलाई बन्धक बनाउने काम गरेको संगठनको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...