पूर्वमाओवादी नेताले आयोगमा भने– छिटो प्रक्रिया चाल्नु पर्‍यो

आयोगको जबाफ : अध्ययन हुँदैछ

255

काठमाडौं । नेकपा (माओवादी केन्द्र) खारेजीको माग गरेका पूर्वमाओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई छिट्टै निर्णय गर्न आग्रह गरेका छन् ।

बुधबार माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत आज आयोग पुगेर निवेदन उपर छिटो प्रक्रिया चाल्न दवाव दिएका हुन् ।

आयोगले निवेदनका विषयमा अध्ययन गरिरहेको र छिट्टै प्रक्रिया अघि बढाउने जबाफ पाएको नेता प्रभु साहले जानकारी दिए ।

“हामीले माओवादी केन्द्र अवैधानिक भयो भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थियौँ । त्यस निवेदनका प्रक्रिया के भयो ? त्यस निवेदनउपर छिट्टो प्रक्रिया चाल्नु पर्‍यो भनेर आफ्नो कुरा राख्यौँ,” साहले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्युँतिदा नेकपा (एमाले)मा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

प्रतिनिधिसभाबाट टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र राष्ट्रियसभा सदस्य राम बहादुर थापा‘बादल’ र चन्द्र बहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।

उनीहरुले माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेकाले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता नपाउने उनीहरुको जिकिर छ ।

Share This:
सम्बन्धित खबर
Loading...