काठमाडौं । नेकपा (एमाले)को कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता सुरु भएको छ । बैठक सुरु हुनुअघि उपाध्यक्ष डा.भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।
वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिका लागि छलफल गर्न डा.रावलले नेपाललाई भेटेको बताइएको छ ।
रावल सिंहदरबार फर्केलगत्तै अहिले वार्ता वारी छ । बुधबार दिउँसो नेताहरुले विवाद समाधनउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुुने बताएका थिए ।
बुधबार नै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ‘वान टु वान’ वार्ता भएको थियो । उक्त वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागि भएका थिए ।
कार्यदलमा ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा.भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।