काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शमाए ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको भेटवार्तामा मावध नेपालले ‘पावर सेयरिङ’को सर्त नराखेको एक नेताले बताएका छन् ।
एमालेका सचिव भीम आचार्यका अनुसार अहिलेको प्राथमिकता पावर सेयरिङभन्दा पनि पार्टीमा सहमति कायम गर्ने भएको बताए । “पावर सेयरिङ अहिलेको इस्यु नै होइन” आचार्यले भने,“पार्टी एकता भएपछि ती विषयमा छलफल हुनसक्छ । यतिबेला पार्टी एकताको इस्यु हो । अहिले पार्टी र सरकारको नेतृत्व जे छ त्यही रहन्छ ।”
केही सञ्चार माध्यमले नेता नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष आफू हुनुपर्ने सर्त राखेको भनेर समाचार बनाएकोप्रति आपत्ति जनाउँदै आचार्यले अहिले त्यो विषय प्राथमिकतामा नरहेको स्पष्ट पारे ।
कार्यदलले दुवै नेताको निर्देशनका आधारमा नै सहमतिको खाका तयार गरिरहेकोले उनीहरुबीच विवाद हुने ठाउँ नरहेको आचार्यले बताए ।