प्रतिगमनको बाटो हिँड्ने ओली र अन्य नेता उस्तै होइनन् : प्रचण्ड

363

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिगमनको बाटो हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओली र अरु नेता उस्तै नभएको बताएका छन् ।

बुधबार विपक्षी गठबन्धमा रहेका पाँच दलनिकट विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सम्पूर्णरुपमा आत्मसमर्पण गर्ने ओली र उनका विरुद्धमा उभिएका अरु नेता उस्तै हुन नसक्ने बताएका हुन् । विगतदेखि अहिलेसम्मका तथ्य र प्रमाणहरुले सो कुरालाई प्रष्ट पार्ने दाबी उनले गरे ।

२०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लाग्दा पुष्पलाल जनताको अधिकारका लगि लडेको सन्दर्भ उनले जोडे ।

उनले ती दुवै नेतालाई उस्तैउस्तै भन्न नमिलेजस्तै ओलीलाई देखाएर अरु नेता पनि उस्तै हुन् भन्न नमिल्ने बताए ।

प्रचण्डले जनताका पक्षमा प्रतिबद्ध भइ आफ्ना नेताहरुलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताए ।

प्रचण्डले ओलीलाई‘खलपात्र’को संज्ञा दिँदै उनी क्रमिकरुपले चारैतिर घेरामा परिसकेको र आफूहरु शक्तिशाली बन्दै गएको जिकिर गरे ।

विद्यार्थी नेताहरुले पनि ओलीको कुशासन समाप्त गरेर सुशासन ल्याउनुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...