अधिवक्ता अधिकारी भन्छन्– माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ

439

काठमाडौं । अधिवक्ता सरोज बुढाथोकीले नेकपा (माओवादी केन्द्र)ले वैधानिकता गुमाएकाले दर्ता खारेजको माग गरेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्त भएकाले दर्ता खारेजीको माग गरेका हुन् ।

उनीसहितका नेताहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर २०६९ माघको २० देखि २६ गतेसम्म महाधिवेशन भएको नेकपा माओवादी केन्द्रले त्यसपछि संविधान बमोजिम साढे ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि नगरेकाले दर्ता खारेजीको माग गरेका हुन् ।

अधिवक्ता बुढाथोकीले माओवादीले केन्द्रीय कमिटीका सदस्यका संख्या निर्वाचन आयोगमा नबुझाएको, पार्टीको महासचिव नभएको र संविधानतः ढिलोमा साढे ५ वर्षमा हुनुपर्ने महाधिवेशन नगरेपछि अवैधानिक भएकाले दर्ता खारेजीको माग गरिएको बताए ।

अधिवक्ता बुढाथोकीसहित माओवादी केन्द्र छाडेर एमालेमा लागेको नेताहरुले बुझाएको निवेदनलाई दर्ता गर्दै आयोगले छलफलका लागि पुनः बोलाउने बताएको उनले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...