राष्ट्रियसभामा कस्टमेटिक राजनीति नगरौँ, ओली राष्ट्रवादी नेता हो : खिमलाल भट्टराई

512

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्टमेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद् भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भएपनि कस्टमेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् । “राष्ट्रियसभामा कस्टमेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ,” उनले भने ।

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उनले सरकारका कामकारबाहीको बचाउ गरे । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उनले जिकिर गरे ।

“जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यसको औचित्य के रहन्छ, प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ,” भट्टराईले भने ।

भट्टराईले जनतामा जाने कदमलाई अलोकतान्त्रिक भन्न सुहाउँदैन भन्दै प्रश्न गरेका छन् । सरकार बनाउनका लागि अदालतमा मुद्दा हालिएको प्रसंग कोट्याउँदै उनले अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गर्न पूर्वप्रधानमन्त्रीहरुलाई चुनौती दिए ।

Share This:
सम्बन्धित खबर
Loading...