फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो हेर्नुस्

552

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमनले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ ।

पेट्रोलको मूल्य १ सय २९, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ४ सय २५ रुपैयाँ पुगेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...