अपाङ्गता भएकालाई घर–घरमै खोप पुर्‍याउन माग

654

काठमाडौं । राष्ट्रियसभाकी सांसद् विमला राई पौडेलले अपाङ्गता भएका व्यक्तिहरुका लागि घरघरमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेकी छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद् पौडेलले हिँड्डुल गर्न नसक्ने सबै उमेर समूहका अपाङ्गता भएका व्यक्तिहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न माग गरेकी हुन् । “जुनसुकै उमेर समूहका अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै खोपको व्यवस्था गरियोस्,” उनले भनिन् ।

सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नु सकरात्मक रहेको, तर उनीहरुलाई सहज तरिकाले खोप वितरण हुन नसकेको उनको भनाइ छ । ज्येष्ठ नागरिकहरुका लागि पनि घरघरमै खोपको व्यवस्था गर्नुपर्ने उनले माग गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...