काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार आयोजना गर्न लागेको भर्चुअल छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले आयोजना गर्न लागेको छलफलमा प्रधानमन्त्री ओलीसहित नेपालका शीर्ष नेतासमेत सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार छलफल हुने तय भए पनि समय भने निश्चित हुन बाँकी रहेको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत समेत सहभागी हुने तय भएको छ ।