काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाए ।
उनले राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बताए । साथै सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने भन्दै श्रेष्ठले भने,“सम्मननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा कुन गुटको हुनुहुन्थ्यो, सोच्ने बेला छैन । सम्माननीय राष्ट्रियसभाको अभिभावकको भूमिकामा हुनुहुन्छ । केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन र राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई अभ्याउनु हुने छ भन्ने आशा गरेको छु ।