हस्ताक्षर फिर्ता लिन एमाले सांसद्लाई दिएको समय आज सकिँदै

525

काठमाडौं । नेकपा (एमाले)भित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु अन्तिम कसरतमा जुटेका छन् । आज पनि उनीहरु छलफलमा जुटेको बताइको छ । उनीहरु पार्टी एकताका लागि बनाइएको कार्यदल ब्युँताउन कोसिस गरिरहेका छन् ।

त्यो समय अगावै दुई नेतालाई मिलाउन दोस्रो तहका नेताहरु दौडधुप गरिरहेका छन् । गत शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ताका लागि आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षले भने अवैधानिक कमिटीबाट आएको निर्देशन मान्य नहुने जबाफ दिएको छ । दुवै पक्ष लचिलो बन्न नसक्दा एमालेमा एकता सम्भावना टर्दै गएको विष्लेशण हुन थालेको छ ।

दिएको समयभित्र हस्ताक्षर फिर्ता नलिइ उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । तर, नेपाल पक्षले भने २०७५ जेठ २ अघिकै कमिटीको बैठक बसेर निर्देशन दिए मात्र मान्य हुने बताउँदै आएको छ ।

ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुंगोमा पुर्याउन दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । सर्वोच्च अदालतले २३ फागुनको फैसलाले एमाले पुनःस्थापित भएयता अध्यक्ष अ‍ोली र नेपाल पक्षबीच विवाद उत्कर्षमा पुगेको छ ।

एमाले सचिव भीम आचार्य पार्टीमा करिब सहमति भइसकेपनि नेताहरुको इगोका कारण कार्यान्वयन हुन नसकेको बताउँछन् । “माधव कामरेड प्रधानमन्त्रीसँग भेट्नै नमान्ने, प्रधानमन्त्री पार्टी बैठक गरेर निर्णय गर्दै जाने समस्या यहीँ भएको हो,” आचार्यले भने,“संसद् विघटन र हस्ताक्षरको कुरा उपयुक्त समयमा समीक्षा गरौँला तर अहिले भविष्यका कुरा गरेर अघि बढौँ भन्ने हाम्रो मान्यता हो ।”

एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ दुवै पक्षका नेताहरुले सहमतिका सबै सुत्रहरु तयार गरिसकेको तर माधव नेपालको मन मिलाउन नसकेको बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...