माधव नेपाललाई मनाउन वार्ता टोलीका नेताहरु कोटेश्वरमा

455

काठमाडौं । नेकपा (एमाले)को एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरु माधव कुमार नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।

केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्तरुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् । यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकामा आज ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव विष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई बनाउन गएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् ।

एमाले बैठकले नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट वार्ताकार नेताहरुले नेपाललाई भेटेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...