काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट जबाफी बहस सुरु हुने भएको छ ।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहश्र श्यामप्रसाद खरेल, लभ कुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।
निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका करण छुट्टै बहस हुने भएको हो ।
यसअघि राष्ट्रपति । प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घन्टा बहस गरेका थिए ।
गत असर ९ गतेदेखि बहस सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घन्टा बहस गरेका थिए ।
जबफी बहसका लागि ३ घन्टा समय दिइएको छ । जबाफी बहस आजै सकिने सम्भावना छ ।
उनीहरुको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घन्टा राय राखेसँगै यो मुद्दाको फैसला आउने छ ।