एमालेमा तोकियो बादलसहितका नेतालाई जिम्मेवारी, यस्ता छन् संगठनात्मक योजना

354

काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनका तयारी गर्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

एमालेको नवौँ महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो । विधान संसोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशनको परिकल्पना गरिएको हो ।

बैठकले साउन २५ देखि २७ गतेसम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ ।

यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशन सांगठनिक प्रतिवेदन पेस गर्ने जिम्मा पाएका छन् । उपमहासचिव विष्णु पौडेललाई विधान संसोधनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ ।

बैठकले स्थायी कमिटी सदस्य राम बहादुर थापा‘बादल’लाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिइएको छ ।

बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना
१. असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने । साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने ।

२ं आगामी साउन २५ र २६ मा पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव ।

३. पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।

४. पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरेपनि अहिलेसम्म सिफारिस नआएकाले अविलम्ब पठाउन अनुरोध ।

५. अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकाले त्यसका लागि जुट्न नेता कार्यकर्तालाई अनुरोध ।

Share This:
सम्बन्धित खबर
Loading...