एमाले महासचिव पोखरेल भन्छन्– सर्वोच्चले गैरकानुनी फैसला गर्‍यो

604

काठमाडौं । नेकपा एमालेको महासचिव एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतले आफ्नो पार्टीको महाधिवेशन आयोजक कमिटीमा मामिलामा गैरकानुनी फैसला गरेको आरोप लगाएका हुन् ।

शनिबार एमाले केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐनलाई आधार मानेर गठन गरिएको महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदा समस्या उत्पन्न भएको बताए ।

“महाधिवेशन आयोजक कमिटी गठन गरेपछि हामीले ४ वटा बैठक गरिसकेका थियौँ । स्थायी कमिटी बैठक बस्यो । महाधिवेशन आयोजक कमिटी बैठक बस्यो । अन्तरपार्टी निर्देशन पनि जारी भयो । आयोजक कमिटीका मामिलामा गैरकानुनी फैसला भयो । अदालतको फैसलालाई मान्नु पर्ने बाध्यताले त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका हौँ,” उनले भने ।

आफूहरुको मागविपरीत भएको अडान लिँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सामेल नभएको बैठकलाई नेता पोखरेलले “जेठ २ मा जुन नेतृत्व थियो त्यसकै बैठक गर्दैछौँ” भनेका छन् । उनले पार्टी राजनीति निकै असहज र उतारचढाबसहित अगाडि बढेको निष्कर्ष सुनाए ।

पार्टी सदस्यताको विषयमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ । ३० वैशाख २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरिसक्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...