महेश बस्नेतको प्रस्ताव : प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित र दुई कार्यकाल मात्रै हुन पाउने व्यवस्था गरौँ

511

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुई कार्यकालभन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

संघियता र धर्मनिरपेक्षताको विषयमा समेत समीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने प्रस्ताव समेत गरेका छन् ।

शनिबार एमालेको केन्द्रीय कमिटी बैठकमा बस्नेतले ८ बुँदे प्रस्ताव पेस गरेका हुन् ।

यस्तै उनले पार्टी अध्यक्षलाई दुई कार्यकाल, पदाधिकारी ३ कार्यकालभन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान चुनावको घोषणा पत्रमा सबै विषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न बस्नेतले प्रस्ताव गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...