जेठ २मा फर्किने भनेको यही हो, जो आउँदैनन् अब उनीहरुलाई पर्खिइन्न : प्रधानमन्त्री ओली

606

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर अर्को पार्टीमा जानेलाई नपर्खिने बताएका छन् ।

शनिबार बालुवाटारमा बसको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी जेठ २ मा फर्किएको भन्दै नआउने र अर्को पार्टीमा जानेलाई नपर्खिने बताएका हुन् ।

उनले यात्रा गर्दा अगाडि पनि साथी भेटिने बताए । “जेठ २ मा फर्कियौँ, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगााडि पनि साथी भेटिन्छन्,” उनले भने । सर्वोच्चको फैसला आउँदासम्म कांग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सांसद्हरु एमालेको नरहेको प्रष्ट पारे ।

“मैले माधव नेपाललाई भनिसकेको छु । प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन । सर्वोच्चको फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन्,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...