आगामी वैशाख ३० गतेभित्र दशौँ महाधिवेशन गर्ने एमालेको प्रस्ताव

270

काठमाडौं । नेकपा (एमाले)ले आगामी २०७९ वैशाख ३० गतेभित्र १०औँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेस गरेका हुन् । यसअघि एमालले मंसिर २ देखि ६ गतेसम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो ।

महासचिव पोखरेलले संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ । यस्तै पार्टी पार्टी विधान संसोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ ।

उनले पार्टीमा देखिएको असामान्य र विग्रहका बीच संगठन थप व्यवस्थित गर्नुपर्ने पनि बताए । माधव कुमार नेपाल पक्षको माग अनुसार १०औँ महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटीमा फर्किँदा पनि बैठकमा सहभागी नहुनु गम्भीर भएको पनि उनले बैठकमा बताए ।

Share This:
सम्बन्धित खबर
Loading...