पृथ्वीराजमार्गमा ५ वटा गाडी पुरियो, २ जनाको मृत्यु, ६ घाइते

611

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले अन्य ६ जना घाइते भएका छन् ।

ना८ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

पहिरोमा बा१२च ७१५६ नम्बरको म्याजिक भ्यान, ना७ख ३२० नम्बरको कन्टेनर, बा१ग २८३१ नम्बरको ट्रक, ना८ख ४५४० नम्बरको ट्रक र पिएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अहिले अवरुद्ध रहेको राजमार्ग भने सुचारु भएको प्रहरीले जनएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...