रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना गम्भीर घाइते

481

रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

शुक्रबार राति आठबिसकोट नगरपालिका–३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका दुईजना कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा गोपाल विक र राजु विक रहेका छन् ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याएको घोडा र ट्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।

झडपमा संलग्न नेपाली कांग्रसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

यता नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आरोप लगाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...