एमालेको केन्द्रीय कमिटी बैठक सकियो, भोलि फेरि बस्ने

487

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

आजको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बोलेका थिए ।

बैठकले पुष्पलाल, मनमोहन र मदन भण्डारीलगायत अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युवरण गरेका सबैप्रति श्रद्धा१जली, सम्पूर्ण संक्रमितहरुप्रति स्वास्थ्यलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनःस्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चिनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको हो ।

बैठक शनिबार दिउँसो ३ बजे पुनः बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...