माधव नेपालसहितको एकता हुनुपर्छ : वामदेव गौतम

208

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् ।

बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताएका हुन् ।

“मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलका पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,” गौतमले भने ।

एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । वार्ता कमिटी बनाएपछि बीचमै छाड्न नहुने गौतमको भनाइ थियो ।

“सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौँँ,” गौतमले भने । पार्टी एकता पार्टीका पक्षमा र व्यक्तिगतरुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।

यसैबीच, गौतमले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने काम भने गलत भएको बताए । “म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...