कांग्रेस पदाधिकारी बैठक बस्दै

185

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बिहीबार आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अपरान्ह २ बजे बस्ने छ । बैठकले क्रियाशील सदस्यतासम्बन्धी विषयको टुंगो लगाउने मुख्यसचिव पौडेलले जानकारी दिए ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद बढेपछि शीर्ष तहबाट टुंगो लगाउनुपर्ने दवाव बढेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...