प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री तर्फका १३ जना वकिलले बहस गर्दै

216

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीले बहस गर्ने छन् । प्रधानमन्त्री तर्फको कानुन व्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घन्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् ।

शुक्रबार वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । यसैगरी, अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बल बहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सबैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस सुरु गर्ने छन् । सभामुखको तर्फबाट बहसका लागि १ घन्टा समय छुट्याइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...