पार्टी जोगाउन नसक्नेले राष्ट्र कसरी हाक्नुहुन्छ : राधेश्याम अधिकारी

313

काठमाडौं । राष्ट्रयसभा सदस्य राधेश्याम अधिकारीले नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी जोगाउन नसकेको अवस्थामा राष्ट्र हाँक्न नसक्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न गरेका हुन् ।

अधिकारीले प्रधानमन्त्री ओलीले संघीय संसद्‌माथि विश्वास नगरेको र त्यसको परिणाम अहिले पाँच सदस्यीय मन्त्रिपरिषद्ले काम गर्नु परेको भन्दै यस्तो बताएका हुन् । सरकार चलाउन नसकेर पाँच सदस्यमा खुम्चिनु परेको र एकीकृत पार्टी जोगाउन नसकेको भन्दै उनले प्रधानमन्त्रीमाथि विश्वास गर्ने आधार नभएको बताए ।

प्रधानमन्त्रीको भूमिकाकै कारण आज जनतामा गणतन्त्रको प्रतिक राष्ट्रपतिको गरिमा घटेको भन्दै उनले सरकारका काममाथि प्रश्न गरेका हुन् । उनले संविधान निर्माण गर्दा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समानुपातिकता र समावेशीतालाई अंगाल्ने नीति बनाए पनि त्यो कार्यान्वयन नभएकोप्रति आपत्ति जनाए ।

“संविधान निर्मााण गर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता, समानुपातिक समावेशीतालाई अंगाल्ने भनेर मूल नीति बनाइयो,” उनले थपे,“आज म प्रश्न गर्न चाहन्छु–सरकार अझै भनौ प्रधानमन्त्रीको काम कारबाही र निर्माणका कारण गणतन्त्रको प्रतिक सम्माननीय राष्ट्रपतिको गरिमा आम नेपाली नागरिकबीच बढेको छ कि घटेको छ ?”

Share This:
सम्बन्धित खबर
Loading...