शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय

243

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।

बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो । ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै उक्त बैठकमा सहभागी नहुने निर्णय भएको नेता घनश्याम भुसालले जानकारी दिए ।

पार्टीले शुक्रबारको बैठकमा सहभागि हुन नेपाल–खनाल समूहका नेताहरुलाई पत्र पठाएर २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ ।

जेठ २ भनेपनि पूर्वमाओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...