प्रधानमन्त्रीले तेस्रोपटक पनि संसद् विघटन गर्नुभयो भने ‘गिनिज बुक’मा नाम लेखिने छ: दिनानाथ शर्मा

325

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले पटक–पटक प्रतिनिधिसभा विघटन गरेर नेपालको नाम गिनिज बुकमा लेख्ने अवसर आएको बताएका छन् ।

बिहीबारदेखि सुरु भएको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले दुनियाँमा कहीँ पनि एउटा प्रधानमन्त्रीले दुई–दुई पटक संसद् विघटन गरेको इतिहास आफूले थाहा पाउन नसकेको बताए ।

“अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिने छ । र, नेपालको गौरव सबैभन्दा माथि हुने छ । यस्तो किसिमको स्थिति नआओस् । हामीलाई संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाएर देशको नाम लेख्नुपर्ने आवश्यकता छैन,” उनले भने ।

उनले संसद् र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले खिल्ली उडाएको आरोप लगाए ।

“के यो प्रधानमन्त्रीय प्रणाली हो ? राष्ट्रपति प्रणाली हो ? पक्कै पनि होइन । राष्ट्रपतिले अभ्यास गर्ने प्रणाली होइन र प्रधानमन्त्रीले पनि होइन । प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ,” शर्माले भने ।

अध्यादेशबाट शासन चलाउन खोज्नुले ‘महेन्द्रपथ’ आउने शर्माको टिप्पणी छ । उनले निर्दलीयताको अभ्यासमा देश चलाउन खोजिएको भन्दै अदालतले संविधानको रक्षा गरेकोमा आपत्ति जनाउन जरुरी नभएको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...