राष्ट्रियसभामा कांग्रेसले उठायो राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न

329

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । आजदेखि सुरु भएको राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो दिनको बैठकमा बोल्दै कांग्रेसका सांसद् राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिकाप्रति प्रश्न उठाएका हुन् ।

उनले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सीमित भएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले ३ वर्षे कार्यकालमा स्वतः प्रतिस्पर्धालाई तिलाञ्जली दिएर प्रधानमन्त्रीले अध्यादेश राज गरेको आरोप अधिकारीको छ ।

अधिकारीले अझै कोरोनाको जोखिममा नेपाल रहेकाले खोप नै प्रमुख नियन्त्रणको उपाय भएको बताए । “अहिले लगाइएको खोप हात्तीको मुखमा जीरा भएजस्तै भएको छ । खोप ल्याउने भनेर सरकारले प्रचार गरेपनि खोप आउन सकेको छैन ।”

उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशत जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...