बिहीबारको सुनुवाइ सकियो, प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको समय अब डेढ घन्टा बाँकी

प्रतिनिधिसभा विघटन

323

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाई भोलि पनि निरन्तर रहने छ ।

आज दिनभर प्रधानमन्त्रीको तर्फबाट कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घन्टा ३० मिनेट समय बाँकी छ ।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुलाई एक घन्टा समय दिइएको छ ।

बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्र कुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरु महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...