‘एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्ने आधार राष्ट्रपतिलाई उचित लागेन’

316

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद् अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत गएर सांसद् गणना गर्न नमिल्ने तर्क गरेका हुन् ।

“दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ,” महतोले भने,“आधार पनि कानुनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्दा राष्ट्रपतिलाई आधार लागेन ।”

नेकपा एमाले र जसपाभित्रको एउटा टिमको कांग्रेस सभापति शेर बहादुर देउवालाई कमान्डर बनाइ पाउँ भनेर राष्ट्रपतिकहाँ जान नमिल्ने महतोको जिकिर छ ।“बहुदलीय शासन प्रणालीमा दल नै प्रमुख हुन्छ,” महतोले भने,“खेलको क्याप्टेन संसदीय दलको नेता हुन्छ, क्याप्टेनले भनेको कुरा खेलाडी(सांसद्)ले मान्नुपर्छ ।”

खेलमा टिमविरुद्धको क्रियाकलाप हुन नसक्ने जिकिर गर्दै महतोले भने,“शेर बहादुरलाई कमाण्डर बनाइपाउँ भन्नेहरुलाई राष्ट्रपतिले टिम क्याप्टेन चेञ्ज गर्न मिल्दैन भन्नुभएको हो ।”

Share This:
सम्बन्धित खबर
Loading...