कांग्रेस पदाधिकारीको बैठक स्थगित

350
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।
तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक भोलि (शुक्रबार) बस्ने जनाइएको छ ।
क्रियाशील सदस्यको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन हुन सकेको छैन ।
 कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
Share This:
सम्बन्धित खबर
Loading...