कांगेस नेतात्रयले बोलाएको केन्द्रीय सदस्यको भेला स्थगित

365

काठमाडौं । नेपाली कांग्रेसका नेतात्रयले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेले आपत्ति जनाएपछि शुक्रबार हुने भनिएको नेतात्रयको ‘टोखा भेला’ स्थगित भएको हो ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार महाधिवेशनबारे छलफल गर्ने भन्दै केन्द्रीय सदस्यहरुको भेला आह्वान गरेका थिए । महामन्त्री कोइराला निवास महाराजगञ्जमा बुधबार साँझ बसेको बैठकमा पौडेलले भेलाको उद्देश्यबारे प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

पछि थप छलफल गरेर फेरि भेला बोलाउने एक नेताले जानकारी दिए । शुक्रबार महामन्त्री कोइरालाको निवासमा पार्टीको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी थियो ।

महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन नेताहरु एकमत देखिएका छन् । अहिलेको महाधिवेशनमा सभापति देउवाको विकल्प खोज्न संस्थापनइतर पक्ष कसरतमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...