बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

525

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो । गत असार १ गते संसद्‌मा आगामी आथिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि बोलाइएको हो ।

बिहीबारको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९का लागि गत असार १ गते संसद्‌मा प्रस्तुत गरेको बजेटमाथि छलफल हुने छ ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले संसद्‌मा बजेटमाथि छलफल प्रारम्भ गरियोस् भनी सम्बोधन गरेलगत्तै बजेटमाथि छलफल प्रारम्भ हुने छ ।

मन्त्री ढुंगेलको सम्बोधनपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलगतरुपमा प्रतिनिधिहरुले बजेटमाथिको छलफलमा भाग लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा बैठक आगामी असार २१ गतेसम्म निरन्तर चल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...