नेपाल पक्षीय एमालेको बैठक जारी, भिडियोमार्फत् खनाल पनि सहभागी

320

काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक काठमाडौंको बुद्धनगरस्थित एक बैंक्वेटमा सुरु भएको हो ।

बैठकमा दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत नेता झलनाथ खनाल पनि भिडियोमार्फत् जोडिएका छन् । खनालबाहेकका अन्य नेताहरु भौतिकरुपमा बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमालेको बैठक शुक्रबार बोलाएका छन् । त्यसअघि नेपाल पक्षको बैठक बसकेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...